२०८३ बैशाख २२ गते मङ्गलवार

पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बम पक्राउ।



काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाएको आरोपमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का युवा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो।

शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, मकवानपुर को जिल्ला अधिवेशनका क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका थिए। यस घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यसअघि, बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित सभामा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमारा’ भनेर कडा टिप्पणी गरेका थिए। प्रचण्डको यस अभिव्यक्तिले राजावादी पक्षमा असन्तोष फैलिएको थियो। त्यसयता, राप्रपा नेतृत्वले निरन्तर विरोध गर्दै आएको छ।

यो घटनाले देशको राजनीतिक माहोल तातेको छ। सत्तारूढ दल र प्रतिपक्षबीचको कटाक्षले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्को बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार