२०८३ बैशाख २ गते बुधवार

सर्वसम्मत निर्णयसँगै डिपी अर्याल सभामुखका उम्मेदवार घोषित



काठमाडौ -सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछाने ले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकमा उपस्थित सबै सदस्यहरूले उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेका छन्।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार संसदीय दलको बैठकले डिपी अर्यालको उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकृति दिएको हो।
यससँगै डिपी अर्याल रास्वपाका तर्फबाट सभामुख पदका आधिकारिक उम्मेदवार बनेका छन्। अब उनले प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी सुरु गर्नेछन्।
रास्वपाको यो निर्णयलाई वर्तमान राजनीतिक समीकरणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। संसद्‌मा सन्तुलन कायम राख्न र प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम नेतृत्व अघि सारिएको पार्टीको दाबी छ। अन्य दलहरूसँग सहमति र समर्थन जुटाउने प्रयास पनि तीव्र पारिने जनाइएको छ। सभामुख चयन प्रक्रिया नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच छलफल र रणनीतिक दौड बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार