कालिकोट । महावै गाउँपालिकाद्वारा आयोजित चौथो अध्यक्ष कप भलिबल प्रतियोगितामा रास्कोट नगरपालिका विजेता बनेको छ। अन्तिम फाइनल खेलमा रास्कोट नगरपालिकाले नरहरिनाथ गाउँपालिकालाई १५–१३ को रोमाञ्चक अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
फाइनल खेलमा पहिलो सेट नरहरिनाथ गाउँपालिकाले जितेको थियो भने दोस्रो सेट रास्कोट नगरपालिकाले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि चौथो सेट नरहरिनाथले जिते पनि निर्णायक अन्तिम सेटमा रास्कोटले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो।
२०८२ साल कार्तिक ११ गतेबाट सुरु भएको वडा स्तरीय पुरुष खुला भलिबल र पालिका स्तरीय महिला भलिबल प्रतियोगितामध्ये आज महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने पुरुषतर्फको अन्तिम खेल भोलि सम्पन्न हुने कार्यक्रम रहेको सहजीकरण एकता युवा क्लबका सचिव प्रकाश बहादुर शाहीले जानकारी दिए।
प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्