१५ जेठ, काठमाडौं ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब वृद्धि नगरेको जनाएको छ। यद्यपि महँगीको भारलाई ध्यानमा राख्दै मासिक महँगी भत्ता पाँच हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।
सरकारले विगत तीन वर्षदेखि कर्मचारीको तलब समायोजन नगरेको हुँदा यसपालि तलब वृद्धि हुने अपेक्षा गरिएको थियो। तर, स्रोत अभावका कारण तलब वृद्धि सम्भव नभएको अर्थमन्त्री पौडेलले बताएका हुन्।
“राजस्व संकलनको अवस्था र समग्र आर्थिक अवस्था हेर्दा तलब बढाउने अवस्था छैन,” उनले भने, “महँगीको प्रभाव कम गर्नका लागि महँगी भत्ता भने पाँच हजारले बढाउने निर्णय गरिएको छ।”
यस निर्णयले करिब पाँच लाखभन्दा बढी कर्मचारीलाई प्रभावित गर्ने अनुमान गरिएको छ। भत्ताको नयाँ दर आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याइनेछ।
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्