कालिकोटको रास्कोट नगरपालिकाबाट आजदेखि करदाता सेवा (PAN) लगायतका सेवाहरू औपचारिक रूपमा शुभारम्भ गरिएको छ। संघीय सरकार अन्तर्गत आन्तरिक राजस्व कार्यालय, जुम्लाबाट प्रवाह हुने सेवा अब स्थानीय स्तरमै उपलब्ध हुने भएपछि सेवाग्राहीहरूलाई ठूलो सहजता मिल्ने भएको छ।
आज आयोजित विशेष कार्यक्रममा रास्कोट नगरपालिकाबाटै सेवा सुरु गरिएको घोषणा गरिएको हो। यससँगै अब PAN दर्ता, नवीकरण लगायतका राजस्व सम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेको छ।
स्थानीय तहबाट यस्तो सेवा सुरु गर्ने रास्कोट नगरपालिका कर्णाली प्रदेशकै पहिलो स्थानीय सरकार बनेको छ। यस कदमलाई स्थानीय विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि यस निर्णयको स्वागत गर्दै समय, खर्च र झन्झट कम हुने बताएका छन्। अब सेवाग्राहीले आफ्नै नगरबाट सहज रूपमा कर सम्बन्धी सेवा पाउनेछन्। रास्कोटको यो पहलले अन्य स्थानीय तहलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्