कालिकोट। नेपाली कांग्रेस देउवा समूह कालिकोटको आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापतिमा नगेन्द्र विष्ट निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट उपसभापतिमा भरत मल्ल र केसरसिंह बम, सचिवमा नेत्र शाही र सबिन विष्ट तथा सहसचिवमा धिर शाही र मनबहादुर बुढा निर्वाचित हुनुभएको छ।
त्यसैगरी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि दिलु बम लगायत अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित जिल्ला कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित सभापति विष्टसहित सम्पूर्ण कार्यसमितिको सफल कार्यकालको कामना गर्दै पार्टीभित्र आपसी एकता, सहकार्य र संगठन विस्तारमा जोड दिनुपर्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्