कालिकोट, २०८१ चैत्र १८ – कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचन २०८१ को मत परिणाम सार्वजनिक भएको छ। लोकतान्त्रिक प्रक्रिया अनुसार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हिक्मत सिंह ७२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपा शाहीले ५३ मत प्राप्त गरिन्।
सचिव पदमा खगेन्द्र पाण्डे ७१ मतसहित विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी उमेश शाहीले ५७ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा मिना शाही ६३ मत प्राप्त गर्दै विजयी भइन्, भने उनका प्रतिस्पर्धी दुर्गा शाहीले ६२ मत पाए। स्वतन्त्र उम्मेदवार सर्मिला शाहीले ३ मत प्राप्त गरिन्।
कुल १४५ मतदातामध्ये १३३ मत खसेको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। विजयी उम्मेदवारहरूले विद्यार्थी हकहित, क्याम्पस विकास र शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित नेतृत्वले विद्यार्थीका माग र आवश्यकतालाई सम्बोधन गर्दै तिला कर्णाली बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनका लागि योगदान दिने बताएका छन्।









प्रतिक्रिया दिनुहोस्