कर्णाली, २०८२ जेष्ठ १:
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र निकट भातृ संगठन YCL नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनबाट ७१ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवगठित समितिको नेतृत्व लक्ष्मण वलीले गर्ने भएका छन्। उपाध्यक्षहरूमा प्रतिभा वली, हंस बस्नेत, र विशाल रोकाया चयन भएका छन्। सचिवमा लोकेन्द्र राना भएका छन् भने सह–सचिवहरूमा दिपक बिष्ट, प्रेम नेपाली, लामन प्रसाद रिजाल, सुर्य फडेरा, प्रयागराज दाहाल, रमेश बुढाथोकी र कृष्णा शाही चयन भएका छन्।
त्यसैगरी, कोषाध्यक्षको जिम्मेवारी तिलक प्रसाद पाण्डेलाई दिइएको छ।
सम्मेलनले युवा नेतृत्वलाई सशक्त बनाउने, संगठनलाई अझ मजबुत बनाउने र कर्णाली प्रदेशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। 









प्रतिक्रिया दिनुहोस्