२०८३ असोज १७ गते शनिवार

१०औँ राष्ट्रिय खेलकुदका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट हुँदै



कालिकोट । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कालिकोट जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता यही असोज १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ।
प्रतियोगितामार्फत १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट सहभागी हुने भलिबल खेलाडी छनोट गरिने जनाइएको छ। छनोट प्रतियोगिताको संयोजन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य पंखबहादुर मल्लले गर्नुहुनेछ।
छनोट प्रक्रियामा सहभागी हुन इच्छुक तथा सम्बन्धित पालिकाका सम्पूर्ण खेलाडीहरूलाई आवश्यक तयारीसहित निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
खेलाडी छनोटका क्रममा सम्बन्धित खेलका नियम तथा मापदण्डअनुसार खेलाडीको प्रदर्शनका आधारमा छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ।
आयोजकले सहभागी हुने इच्छुक खेलाडीहरूलाई थप जानकारीका लागि सम्बन्धित खेल संघ तथा आयोजकसँग सम्पर्क गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार