२०८३ बैशाख २२ गते मङ्गलवार

डङ्सिले युवा क्लबद्वारा विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम सम्पन्न



कालिकोट, असार १९ – कालिकोट पचालझरना गाउँपालिका साबिक राम्नाकोट गाबिसको बाझकोट स्थित डङ्सिले युवा क्लबको आयोजनामा असार १९ गते वातावरण संरक्षण र सामुदायिक चेतना अभिवृद्धिका लागि विभिन्न सार्वजनिक स्थलहरूमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत नवकिरण माध्यमिक विद्यालय, कालाशिल्ला धलपुरा देहेडु कालिका देवताको थान, विद्यालय क्षेत्र र बहलबाडा चौतारा, तथा चुलेरुख माथिको पानी ट्याङ्की नजिकको चौतारा लगायतका स्थानहरूमा बिरुवा रोपिएको हो। यस अभियानमार्फत धार्मिक, शैक्षिक तथा सार्वजनिक महत्वका स्थानहरूमा हरियाली विस्तार गरिनुका साथै संरक्षणको सन्देश समेत फैलाइएको क्लबले जनाएको छ।

कार्यक्रममा सहभागी शिक्षकमध्ये टेक बहादुर बमको सल्लाहअनुसार पञ्चकालीका माध्यमिक विद्यालय क्षेत्रमा पनि वृक्षारोपण गरिएको थियो। उक्त स्थानमा विद्यार्थी र स्थानीयको प्रत्यक्ष निगरानीमा रहेका कारण बिरुवाको संरक्षणमा सहजता हुने विश्वास लिइएको छ।

वृक्षारोपण कार्यक्रममा वडा नम्बर ५ का अध्यक्षको विशेष उपस्थिति रहनुका साथै क्लबका सम्पूर्ण सदस्यहरू सक्रिय रूपमा सहभागी थिए। क्लबले यस्तो वातावरणमैत्री कार्यमा साथ दिने सबैलाई आभार प्रकट गरेको छ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार