२०८२ फाल्गुन २३ गते शनिवार

कालिकोटको प्रतिनिधिसभा सिटमा महेन्द्रबहादुर शाहीको कब्जा



कालिकोट — फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही ९८६ मतको अग्रतासहित विजयी भएका छन्। शाहीले कुल ११,३३८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार नगीन्द्र शाहीलाई पराजित गरेका हुन्। नगीन्द्र शाहीले १०,३५२ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले ७,१३३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खडगबहादुर विश्वकर्माले ४,५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २,९३७ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूमा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६९ मत प्राप्त गरेका छन्।
यसैगरी स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ मत र अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार कालिकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार