२०८३ बैशाख २२ गते मङ्गलवार

साक्षर घोषणा भयो कालिकोटको रास्कोट नगरपालिका



कालीकोटको रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । शुक्रबार रास्कोटमा आयोजित एक समारोहबीच रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । नगरपालिकाले साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गरेकोे हो ।
कार्यक्रम रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)को सभाअध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष सुवास खड्का, नेपाली कांग्रेस प्रदेश ‘ख’ का सभापति आनन्द बहादुर शाही, नेकपा एमालेका इन्चार्ज काली बहादुर शाही लगायतका शिक्षक अभिभावक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो ।
प्लान इन्टनेश्नल नेपाल, सादा नेपाल, हुरुन्डेक नेपाल,किर्डाक नेपाल, स्याक नेपाल लगायतका विभिन्न साझेदार संघसंस्थाको सहयोग र रास्कोट नगरपालिकाको आयोजनामा रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय साक्षरता मापदण्डअनुसार ५ देखि ५९ वर्ष उमेर समूहका जनसंख्यामध्ये ७८ प्रतिशत माथि साक्षर भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । जसमा रास्कोट नगरपालिकामा ९५ प्रतिशत, नागरिक साक्षर भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

मध्याह्न खबरबाट राष्ट्रिय दैनिकबाट ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार