२०८२ फाल्गुन २४ गते आइतवार

बालेनलक्षित ओलीको टिप्पणी– फेसबुकमा लेख्दैमा फरक पर्दैन



ललितपुर, १९ भदौः नेकपा (एमाले)को पोलिटब्यूरो बैठकमा प्रम ओली ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् । बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

“यत्रो संगठन छ, यत्रो पार्टी छ । फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था छैन,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गरेर टिप्पणी गरेका हुन् । तर, उनले बालेनको नाम लिएनन् ।

केही दिनयता बालेनले प्रधानमन्त्री ओलीलक्षित स्टाटस राखेपछि सामाजिक सञ्जाल तातेको छ । सरकारकै संलग्नतामा आफ्नो एउटा फेसबुक स्टाटस हटाइएको संकेत गरेपछि बालेनका समर्थकहरूले ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार