३१ जेठ, — दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल टेस्टमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै उसले २७ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को प्रमुख प्रतियोगिता जित्न सफल भएको हो।
२८२ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमै लक्ष्य भेट्टायो। खेलको चौथो दिन २१३-२ को अवस्थाबाट अघि बढेको दक्षिण अफ्रिकाले बाँकी ६९ रन जोड्दा ३ विकेट गुमायो।
एइडेन मार्क्रमको उत्कृष्ट प्रदर्शन दक्षिण अफ्रिकाको जितको आधार बन्यो। उनले १३६ रनको शानदार शतक प्रहार गरे। कप्तान टेम्बा बाभुमा ६६ रनमा आउट भए भने ट्रिस्टन स्टब्स ९ रनमै पभेलियन फर्किए। जीतको नजिक पुगेको अवस्थामा मार्क्रम पनि ६ रन बाँकी रहँदा क्याच आउट भए।
यो जितसँगै दक्षिण अफ्रिकाले सन् १९९८ मा आईसीसी नकआउट ट्रफी (जो पछि च्याम्पियन्स ट्रफीमा परिणत भएको थियो) जितेपछि पहिलोपटक कुनै आईसीसी मुख्य प्रतियोगिताको उपाधि हात पारेको हो।









प्रतिक्रिया दिनुहोस्