चैत १, जनकपुरधाम । धनुषामा भएको बस दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका निरीक्षक जटाशंकर यादवका अनुसार घाइतेमध्ये कोही सामान्य, कोही गम्भीर छन्। उनीहरूलाई ६ वटा एम्बुलेन्समार्फत विभिन्न अस्पताल पुर्याइएको छ।
बसमा अधिकांश यात्रु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर घर फर्किरहेका थिए। दुर्घटनाको कारण खुल्न बाँकी छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार









प्रतिक्रिया दिनुहोस्