परिवर्तित कमरेड
कमरेड !
आजभोलि चिल गाडीमा उड्छन,
रेल गाडीमा गुड्छन ।
पखेटा पनि बढेमानका छन
पैताला अनि कुर्कुचा पनि चिल्ला छन्
कमरेडले घर पछाडिको पहाड पनि ओझेलमा पर्ने महल बनाएका छन,
धुलो उडेको बिरुद्ध बाेल्ने कमरेड पनि धुलो उडाउछन
कमरेडकाे क्रान्ति पनि निस्कर्शमा पुगेछ ।
कमरेडकाे क्रान्ति चिलगाडिमा उड्ने क्रममा हावा मै उडेछ रेलगाडी मा गड्दा गुड्दै त्यहि पर छुटेछ ।
कमरेड धन्न छुट्नु भएन,
बिचार र सिद्धान्त झैँ धन्न टुट्नु भएन ।
कमरेड !
धन्यवाद !
अस्मित बम (साइनो)
पलाँंता गाउँपालिका, कालिकोट !
प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार









प्रतिक्रिया दिनुहोस्