२०८३ बैशाख २२ गते मङ्गलवार

भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीले सन्यास फिर्ता लिए, पुनः राष्ट्रिय टिममा फर्किँदै।



२२ फागुन, काठमाडौं । भारतीय फुटबल टोलीका अनुभवी कप्तान सुनिल क्षेत्रीले आफ्नो सन्यास लिने निर्णय फिर्ता लिएका छन्। गत जेठ महिनामा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका ४० वर्षीय क्षेत्री अब पुनः भारतीय टोलीबाट खेल्न तयार भएका छन्।

गत जुन ६ मा कुवेतविरुद्ध अन्तिम खेल खेलेका क्षेत्रीले त्यही खेललाई आफ्नो बिदाइ खेल बनाउने निर्णय गरेका थिए। तर, पछिल्लो समय उनले आफ्नो निर्णयमा पुनर्विचार गर्दै फेरि राष्ट्रिय टिमका लागि खेल्ने घोषणा गरेका छन्।

भारतका लागि १५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका क्षेत्रीले ९४ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा छन्। विशेष गरी नेपालविरुद्ध उनको प्रदर्शन प्रभावशाली रहँदै आएको छ, जहाँ उनले सर्वाधिक ९ गोल गरेका छन्।

सुनिल क्षेत्रीले सन् २००५ को जुन १२ मा भारतका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। डेब्यु खेलमै गोल गर्दै उनले आफ्नो आगमनलाई प्रभावशाली बनाएका थिए।

अब, सन्यास फिर्ता लिएपछि उनी मार्च महिनामा फिफा विन्डोका क्रममा हुने खेलहरूका लागि भारतीय टोलीमा समावेश भएका छन्। यस निर्णयले भारतीय फुटबल समर्थकहरूलाई उत्साहित बनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार