कालिकोट, साउन १ – रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) ले साउने संक्रान्ति, देउडा पर्व तथा नयाँ आर्थिक वर्ष २०८३/०८४ को अवसरमा सम्पूर्ण रास्कोटवासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा साउने संक्रान्ति नेपाली सभ्यता, सनातन संस्कृति, प्रकृतिप्रतिको सम्मान र आध्यात्मिक चेतनासँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गरिएको छ। त्यस्तै, देउडा पर्व कर्णालीको मौलिक पहिचान, संस्कृति र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको नगर प्रमुख शाहीले बताउनुभएको छ।

उहाँले नयाँ आर्थिक वर्षलाई नयाँ सोच, नयाँ ऊर्जा, नयाँ विश्वास र नयाँ संकल्पका साथ स्वागत गर्दै विकास, सुशासन, सेवा प्रवाह तथा समृद्धिको यात्रामा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। साथै, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, युवा तथा सम्पूर्ण सरोकारवालाप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गर्नुभएको छ।
नगर प्रमुख शाहीले रचनात्मक सुझाव र आलोचनालाई लोकतान्त्रिक समाजको महत्वपूर्ण पक्षका रूपमा लिँदै जनविश्वासलाई केन्द्रमा राखेर समृद्ध रास्कोट निर्माणमा निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशको अन्त्यमा उहाँले साउने संक्रान्ति, देउडा पर्व तथा नयाँ आर्थिक वर्ष २०८३/०८४ ले सबै नागरिकको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने मंगलकामना व्यक्त गर्नुभएको छ।









प्रतिक्रिया दिनुहोस्