काठमाडौं, चैत ५ – प्रहरीले टोखाको झोर महांकालबाट २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ। ट्रक (ना.७ ख १६५२) का चालक कुसाङ लामा (फुच्चे) पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकको ड्राइभर सिटमुनि फल्स बटम बनाएर लुकाइएको युरो र डलर फेला पारेको हो।
अनुसन्धानका क्रममा कुसाङ लामाले केरुङ नाका हुँदै चीनतर्फ सुन किन्न लैजान लागेको खुलासा भएको छ। प्रहरीका अनुसार, उनी यसअघि पनि २०७३ सालमा ७ केजी सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल बसेर २०७८ मा छुटेका थिए।
जेलबाट छुटेपछि पुनः सुन तस्करीमा संलग्न भएको प्रमाण फेला परेपछि उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार









प्रतिक्रिया दिनुहोस्