२०८३ बैशाख २२ गते मङ्गलवार

विमलाको गोलले नेपाललाई विजयी सुरुवात, सावित्राको पुनरागमन ।



५,फाल्गुन,काठमाडौ,अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले दमदार सुरुवात गरेको छ। सोमबार दशरथ रंगशालामा नेपालले किर्गिस्तानलाई १-० ले हराउँदै पहिलो जित दर्ता गर्यो। नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमै निर्णायक गोल गर्दै टीमलाई अग्रता दिलाइन्।

नेपालले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै ६० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्यो, तर थप गोल गर्न भने सकेन। विपक्षी टोलीलाई निरन्तर दबाब दिए पनि नेपाली खेलाडीले अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

खेलको दोस्रो हाफमा नेपालले फ्रान्सबाट फर्किएकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई मैदानमा उतारेको थियो। उनी भर्खरै मात्र प्रतियोगितामा भाग लिन नेपाल आएकी थिइन्।

यो प्रतियोगितामा नेपालसहित चार राष्ट्र सहभागी छन्, जसमा म्यानमार र लेबनन पनि छन्। प्रतियोगिताको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३-१ ले हराउँदै बलियो सुरुवात गरिसकेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार