पचालझरना, चैत्र २६ –
पचालझरना गाउँपालिका अन्तर्गत आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड २०८१ स्थानीय खेलमैदानमा चैत्र २५ र २६ गते भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, भिट्टाले कुल ८ वटा गोल्ड मेडलसहित कीर्तिमानी चौथो पटक उपाधि जित्दै आफ्नो दबदबा कायम राख्न सफल भएको छ। यसअघि तीन पटक उपाधि जितिसकेको सरस्वती माविले पुनः सफलता दोहोर्याउँदै आफूलाई सबल प्रतिस्पर्धीका रूपमा पुष्टि गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा पंगेली माध्यमिक विद्यालय, नुवाघरले ७ वटा गोल्ड मेडल प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्यो। त्यस्तै, ज्ञानोदय माध्यमिक विद्यालय, राम्नाकोटले ६ वटा गोल्ड मेडलसहित तेस्रो स्थानमा सन्तोष मान्नुपर्यो।
प्रतियोगितामा सहभागी विद्यालयहरूबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक, अनुशासित र खेलभावनाले भरिपूर्ण रह्यो। खेलाडीहरूको आत्मबल, उत्कृष्ट खेलकौशल र आयोजकको सुदृढ व्यवस्थापनले सम्पूर्ण प्रतियोगिता सफल र आकर्षक बनाउन विशेष भूमिका खेलेको थियो।
विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधित्व गराउने आयोजकले जानकारी दिएको छ। जिल्ला स्तरीय प्रतियोगिता यही खेलमैदानमा २०८२ साल बैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने बताइएको छ










प्रतिक्रिया दिनुहोस्