सुर्खेत, चैत २४ —
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको यात्रुवाहक SML गाडी आज बिहान करिब ८:४६ बजे सुर्खेतको ओदाताल नजिक दुर्घटनामा परेको छ। गाडीमा ३८ जना यात्रु सवार थिए।
दुर्घटनामा परी कम्तीमा १६ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।
प्रहरीका अनुसार सम्भावित ब्रेक फेल वा सडकको अवस्थाका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार









प्रतिक्रिया दिनुहोस्