२०८३ बैशाख २२ गते मङ्गलवार

नरहरिनाथ आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु, पहिलो दिनमै ९५० जनाको स्वास्थ्य परीक्षण।



चैत्र २४, नरहरिनाथ — नरहरिनाथ आधारभूत अस्पतालमा आजदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिनमै उल्लेख्य सहभागिता देखिएको छ। अपरान्ह ५:२५ बजेसम्म ९५० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन् भने साँझ ७ बजेसम्म सेवा संचालन जारी रहने अस्पताल स्रोतले जनाएको छ।

शिविरमा विविध रोगका विशेषज्ञहरुद्वारा स्वास्थ्य परीक्षण, सल्लाह र आवश्यक औषधि वितरण गरिँदैछ। अझै पनि सेवा लिनेको लाम जारी रहेको जनाइएको छ।

स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा भोलि र पर्सि अर्थात चैत्र २५ र २६ गते पनि सेवा निरन्तर रहनेछ। अस्पताल प्रशासनले स्थानीयवासी तथा इच्छुक सेवाग्राहीहरुलाई स्वास्थ्य परीक्षण गराउन उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।

यस किसिमका निःशुल्क शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार