२०८३ बैशाख २२ गते मङ्गलवार

जनचेतना बहुमुखी क्याम्पसबाट बोहरा र नन्दादेवी बहुमुखी क्याम्पसबाट शाहीको उम्मेदवारी घोषणा ।



कालिकोट, २०८१ फागुन २७ – आसन्न स्ववियू निर्वाचन २०८१ का लागि समाजवादी मोर्चा र नेक्रा.वि संघको संयुक्त प्यानलबाट जनचेतना बहुमुखी क्याम्पस र नन्दादेवी बहुमुखी क्याम्पस कोटबाडाका उम्मेदवारहरूको टुंगो लागेको छ।

जनचेतना बहुमुखी क्याम्पसबाट अध्यक्ष पदका लागि बसराज बोहराले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै, नन्दादेवी बहुमुखी क्याम्पस कोटबाडाबाट यसोदा शाहीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

समाजवादी मोर्चा र नेक्रा.वि संघको संयुक्त प्यानलले विद्यार्थी हित, शैक्षिक गुणस्तर सुधार, क्याम्पस व्यवस्थापनमा पारदर्शिता र विद्यार्थी अधिकार सुनिश्चितताका सवाललाई प्रमुख एजेन्डा बनाएको बताइएको छ। उम्मेदवारहरूले विद्यार्थीका समस्याहरू समाधान गर्न आफ्नो प्यानल प्रतिबद्ध रहेको बताएका छन्।

स्ववियू निर्वाचन २०८१ का लागि देशभरका विभिन्न क्याम्पसहरूमा चुनावी सरगर्मी बढ्दै गएको छ। विद्यार्थी नेताहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् भने उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

निर्वाचन प्रक्रिया अनुसार आगामी केही दिनमै प्रचार अभियानलाई अझ व्यापक बनाउने तयारी भएको छ। विद्यार्थीहरूले योग्य नेतृत्व चयन गर्ने अवसरका रूपमा स्ववियू निर्वाचनलाई लिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार