२०८३ बैशाख २२ गते मङ्गलवार

नेकपाले टुङ्ग्यायो प्रदेश इन्चार्ज र संयोजकहरु



काठमाडौ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंग्याउने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ। सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशका इञ्चार्ज तथा संयोजकहरूको प्रस्ताव तयार पारेको हो।
तर, नेकपाका एक नेताका अनुसार प्रदेश इञ्चार्ज, संयोजक, सहसंयोजक तथा केही विभागका प्रमुख र उपप्रमुख सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत भए पनि अन्तिम निर्णय भने भइसकेको छैन। यस विषयमा थप छलफल आवश्यक रहेको उनले बताएका छन्।
प्रस्तावित प्रदेश इञ्चार्जहरू:
कोशी प्रदेश: राजेन्द्र राई
मधेश प्रदेश: महेन्द्र राय यादव
बागमती प्रदेश: डा. गङ्गालाल तुलाधर
गण्डकी प्रदेश: श्रीनाथ बराल
लुम्बिनी प्रदेश: चक्रपाणि खनाल
कर्णाली प्रदेश: चन्द्रबहादुर शाही
सुदूरपश्चिम प्रदेश: डा. भीम रावल
उपत्यका विशेष प्रदेश: हितमान शाक्य
सम्पर्क समन्वय प्रदेश: यशोदा सुवेदी
प्रस्तावित संयोजकहरू:
कोशी प्रदेश: हर्क नेम्वाङ
मधेश प्रदेश: राजु खड्का
बागमती प्रदेश: सरल सहयात्री
गण्डकी प्रदेश: गायत्री गुरुङ
लुम्बिनी प्रदेश: अब्दुल हुसेन खान
कर्णाली प्रदेश: बिमला केसी
सुदूरपश्चिम प्रदेश: हरिराम चौधरी
उपत्यका विशेष प्रदेश: विष्णु लामिछाने
सम्पर्क समन्वय प्रदेश: तारानाथ दाहाल
पार्टीले यी प्रस्तावहरूमा थप छलफल गरेर चाँडै अन्तिम टुंगो लगाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार