कालिकोट — तिलागुफा नगरपालिका–१० की २२ वर्षीया गर्भवती सन्तकला रोकायालाई गम्भीर अवस्था भएपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।
बैशाख ३१ गते सुत्केरी व्यथाले च्यापेपछि रोकायालाई चिल्खाया आधारभूत स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। तर, प्राथमिक उपचारले पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको हो।
नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीका अनुसार, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका महिलाको उद्धार कार्य प्रभावकारी बन्दै गएको छ। उद्धारमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई उपप्रमुख शाहीले आभार व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्