२०८२ फाल्गुन २४ गते आइतवार

क्रिएटर च्याम्पियन २०२५ मा करन सिंह पहिलो, १.२५ लाख नगद पुरस्कार



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

काठमाडौ- नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘म नागरिक, म बनाउँछु नेपाल’ क्रिएटर च्याम्पियन २०२५ सोमबार भक्तपुर दरबार क्षेत्रको खुला मैदानमा सम्पन्न भएको छ। लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न यो समापन कार्यक्रममा करिब एक सय जना क्रिएटरमध्येबाट उत्कृष्ट चार जना युवा क्रिएटरलाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको हो।

उक्त प्रतियोगितामा कालिकोटका करन सिंहले बनाएको ओदा फाउन्डेसनको भिडियो पहिलो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ । उहाँको क्रिएटिभ प्रस्तुति र सामाजिक सन्देश समेटिएको भिडियो निर्णायकहरूबाट अत्यधिक प्रशंसा पायको थियो । ओदा फाउन्डेसनमा CEO को रुपमा रहेपनी उहाँको काम कर्तव्य भने सामान्य नागरिकले गर्ने सामाजिक सेवा र समाजको पहरेदार जस्तो देखिन्छ । अत्यन्तै सरल, शालीन र मेहनती करन जहिले गाउँघरकै सेवामा व्यस्त देखिनुहुन्छ ।

त्यस्तै, दोस्रो स्थानमा टिएल प्रोडक्सनका सजिल बस्नेतको भिडियो रह्यो, जसले १ लाख रुपैयाँ प्राप्त गरे। तेस्रो स्थानमा त्रेल बिल्डर्स नेपालकी शिवानी मानन्धरको भिडियोले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्यो।

त्यसैगरी, युनिग्लोब कलेजका निखिल तण्डुकारको भिडियो ‘पिपुल्स चोइस’ तर्फबाट विजेता बन्दै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भयो।

सातै प्रदेशमा सञ्चालित यो अभियानले युवामा “नेपालमै केही गर्न सकिन्छ” भन्ने सकारात्मक सोच विकास गर्ने उद्देश्य राखेको थियो। प्रतियोगितामा सहभागी १०० भन्दा बढी क्रिएटरमध्ये उत्कृष्ट पाँचको भिडियो सार्वजनिक प्रदर्शनी गरिएको थियो, त्यसपछि चार जना विजेता छनोट गरिएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार