कालीकोट — पलाँता गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पालिका भन्दा बाहिर विभिन्न स्थानमा शिविर संचालन गर्ने भएको छ। गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाका अनुसार सुर्खेत, बाँकेको कोहलपुर र कैलालीमा रहेका सेवा ग्राहीहरूलाई सहज रूपमा नवीकरण सुविधा उपलब्ध गराउन शिविर संचालन गर्न लागिएको जनाएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २०८२ साल श्रावण ३१ गतेदेखि भदौ २ गतेसम्म, कोहलपुरमा भदौ ४ गतेदेखि ७ गतेसम्म र कैलालीमा भदौ ९ गतेदेखि १३ गतेसम्म शिविर सञ्चालन गर्न भएको छ।

नवीकरणका लागि आवश्यक कागजातमा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि, बालबालिकाको जन्मदर्ता प्रमाणपत्र, विधवा भत्ता लिने महिलाको हकमा पुनःविवाह नगरेको प्रमाण वा पतिको मृत्यु दर्ता प्रमाणपत्र, अपाङ्गता भत्ता लिनेको हकमा अपाङ्गता परिचयपत्र र जन्मदर्ता प्रमाणपत्र समावेश छन्।
शिविरमा आवश्यक कागजातसहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ। साथै थप जानकारीका लागि गाउँपालिकाले नन्दसिंह बमलाई सम्पर्क गर्न सकिने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्