राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकपछि अर्को बिबाहित माननीयको बाहिरी सम्बन्ध सार्वजनिक हुन थालेको छ । कुनै माननीयमाथि विदेशी युवतीलाई गर्भवती बनाएको आरोप छ भने कुनै माननीय घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रमाइलो गर्दै हिँडेको भेटिएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित अमरकान्त चौधरीको एक युवतीसँग चुम्बन गरिरहेको तस्बिर फेला परेको छ ।
उनी र सप्तरीकै दिपिका सिंहले ‘लिप किस’ गरिरहेको तस्बिर जनआस्थाले प्राप्त गरेको हो । ती युवतीले आफ्नो फेसबुकको वालमा सो तस्बिर सेयर गरेकी छन् । राष्ट्रिय जनता पार्टीबाट राजनीति शुरु गरेका चौधरी डाक्नेश्वरी नगरपालिकाका हुन् । ४५ वर्ष लागिसकेका विवाहित उनको एक सन्तान छन् । बुवा चन्द्रकान्त मधेश आन्दोलनका बेला प्रतिनिधि सभा सदस्य थिए ।
ऊर्जा राज्यमन्त्री पनि भए । मन्त्रीको छोरा र स्वयं प्रतिनिधि सभा सदस्य, त्यहीमाथि पनि विवाहित पुरुषको परस्त्रीसँग चुम्बनको फोटो भेटिएपछि जनआस्थाले बुझ्नका निम्ति दुवैलाई सम्पर्क गरेको थियो । अमरकान्तको ९७०५००७६०५ र ९८६२९९७४०५ मा पटकपटक फोन गरिएकोमा उनीसँग सम्पर्क हुन सकेन । यता,दिपिकाले अमरकान्तको नाम सुन्नेबित्तिकै फोन काटिदिइन् ।
प्राप्त जानकारीअनुसार दिपिकाले उनलाई गत फागुन २१ गतेको चुनावताका एकदमै सघाएकी थिइन् । उनी अमरकान्तसँगै चुनावी अभियानमा हिँडेकी थिइन् भने यो समाचार जन-आस्था अनलाइनबाट साभार गरिएको हो।









प्रतिक्रिया दिनुहोस्