२०८३ बैशाख २२ गते मङ्गलवार

रास्कोट नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा।



कालिकोट — रास्कोट नगरपालिकालाई मंगलबार औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। “स्थानीय दायित्व र सहभागिता, पूर्ण खोप सुरक्षित भविष्य” भन्ने नारासहित यो घोषणा गरिएको हो।

घोषणा कार्यक्रम नगरप्रमुख धर्मराज शाहीको अध्यक्षता र उपप्रमुख मिना रावल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्म पोखरेल, अस्पताल विकास समिति अध्यक्ष गगन मल्ल, नगर उपप्रमुख मनिराज बराल लगायत वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

नगरप्रमुख शाहीले सम्पूर्ण मापदण्डहरू पुरा गरेर घोषणा गर्न सफल भएको भन्दै यो उपलब्धिलाई गौरवको विषय बताए। उपप्रमुख बरालले स्वास्थ्यकर्मी र समुदायको सक्रियताले यो सम्भव भएको उल्लेख गरे।

डा. पोखरेलका अनुसार निर्देशिका २०७१ का सम्पूर्ण मापदण्ड पूरा भएपछि मात्र पालिकालाई पूर्णखोप घोषणा गरिन्छ। जनस्वास्थ्य अधिकृत कटक महतले जिल्लाका ९ स्थानीय तहमध्ये ६ पालिकामा पूर्णखोप घोषणा भइसकेको र बाँकी तीन पालिकामा पनि चाँडै घोषणा हुने जानकारी दिए।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार