कालीकोट — रास्कोट नगरपालिका अन्तर्गत रहेको बडीमालिका माध्यमिक विद्यालयलाई ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN)’ को आयोजनामा प्रदान गरिने PAN उत्कृष्ट विद्यालय पुरस्कार 2082 अन्तर्गत कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयको रूपमा घोषणा गरिएको छ।
विद्यालयले शैक्षिक क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता, र नविन प्रयासको उच्च मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। मूल्याङ्कनका आधारमा विद्यालयको समग्र सुधार र गुणस्तर अभिवृद्धिका प्रयासहरूलाई विशेष रूपमा सराहना गरिएको छ।
यस अवसरमा PAN दोस्रो राष्ट्रिय सम्मेलन 2082 मा आयोजित विशेष समारोहमा विद्यालयले पुरस्कार प्राप्त गरेको हो। उक्त सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माताहरू, विद्यालयका प्रमुख, शिक्षक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) का अध्यक्ष सुवास प्रसाद गौतमद्वारा हस्ताक्षरित सम्मानपत्रमा उल्लेख भएअनुसार, “विद्यालय नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनका आयामहरू” भन्ने नाराका साथ सो सम्मान प्रदान गरिएको हो।









प्रतिक्रिया दिनुहोस्