कालीकोट — महावै गाउँपालिकामा सुरु भएको ३९ औं शल्यक्रियात्मक आँखा उपचार शिविरको पहिलो दिनमै उल्लेखनीय सफलता हासिल गरिएको छ। गाउँपालिकाको आयोजना, हिमालय आँखा अस्पताल घारीपाटन पोखराको उपचार सहयोग, नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र कालिकोटको समन्वय तथा ओडा फाउण्डेशनको व्यवस्थापनमा शिविर सुरु गरिएको हो।
शिविरको उद्घाटन महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले गर्नुभएको हो। कार्यक्रममा हिमालय आँखा अस्पतालका डा. कृष्ण गरुङ्ग, जिल्ला आँखा उपचार केन्द्र प्रमुख डबल अधिकारी, ओडा फाउण्डेशनका संस्थापक कर्ण बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।
महावै आधारभूत अस्पतालका व्यवस्थापक प्रकाश शाहीका अनुसार, पहिलो दिनमा ३४७ जना बिरामीको आँखा परीक्षण गरिएको छ भने २७ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ। यो शल्यक्रिया महावै आधारभूत अस्पतालमै पहिलो पटक भएको हो, जसले स्थानियवासीहरूलाई सुलभ र गुणस्तरीय सेवा दिएको छ।
शिविरको सफल आयोजनामा साथ दिने Eye Care Foundation, नेपाल नेत्र ज्योति संघ र हिमालय आँखा अस्पताललाई विशेष धन्यवाद व्यक्त गरिएको छ। शिविरले स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रुपमा लाभ पुर्याउने विश्वास लिइएको छ।









प्रतिक्रिया दिनुहोस्