कालीकोट, असार २ — महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह (भिजन) का बुवा लालबहादुर सिंहको ८३ वर्षको उमेरमा निधन भएको छ। परिवार स्रोतका अनुसार उहाँको जेष्ठ १ गते राति १ बजे निधन भएको हो।
वि.सं. २००० सालमा जन्मनुभएका स्वर्गीय सिंह जनयुद्ध, राजनीतिक तथा सामाजिक क्षेत्रका एक कुशल अभिभावकका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले परिवार मात्र नभई स्थानीय समाज र राजनीतिक क्षेत्रले पनि एक अनुभवी अभिभावक गुमाएको महसुस गरेको छ।
स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवार, आफन्तजन तथा इष्टमित्रहरूमा गहिरो समवेदना प्रकट गरिएको छ भने उहाँको अन्तिम दाहसंस्कार आज मात्रै तिलानदिमा मिसिने प्रसिद्ध खोला पादमघाटमा गरिएको हो ।
प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार









प्रतिक्रिया दिनुहोस्