कर्णाली प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ भव्य रूपमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल ले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रबिन चन्द लगायत विभिन्न जिल्लाका प्रशिक्षक, अफिसियल तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कर्णाली प्रदेशका १० वटा जिल्लाबाट सहभागी भएका ६०० भन्दा बढी खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएका छन्। प्रतियोगितामार्फत कर्णाली प्रदेशमा खेलकुद विकास, प्रतिभा पहिचान तथा युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कंडेलले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र लगानीलाई निरन्तरता दिने बताउनुभयो। साथै उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्