२०८३ बैशाख २२ गते मङ्गलवार

कालिकोटमा जारी टी-20 क्रीकेट प्रतियोगिताको उपाधी रास्कोटलाई ।



माघ १९,कालिकोट:- जिल्लामा जारी टी-20 क्रिकेट उपाधी रास्कोट नगरपालिकाको टिमले हात पारेको छ । हिमालयन टाइगर संगको फाइनल खेलमा ७३ रनको लक्ष्य पाएको रास्कोटले २ ओभर बाँकी रहँदै जित हाँसिल पारेको हो । यही महिनाको माघ १६ गते देखि १९ गतेसम्म चलेको प्रथम कालिकोट खुल्ला T-20 क्रिकेट प्रतियोगितामा कालिकोट जिल्ला क्रीकेट संघका अध्यक्ष खड्कजंङ्ग शाहीको अध्यक्षता, प्रमुख अतिथि खाँडाचक्र नगरपालिका उप-मेयर गणेश शाही, बिशेश अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनराज शाही र कर्णाली प्रदेश क्रीकेट रेफ्री पबन बमको बिशेश सक्रियतामा सम्पन्न भएको छ । प्रधानमन्त्री कप (PM CUP) लाई लक्षित गरेर कालिकोट जिल्लाको प्रादेशिक टिम तयार गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रथम हुने रास्कोट नगरपालिकाको टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिएको छ भने उप-विजेता भएको हिमालयन टाइगरलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार