२०८३ बैशाख २२ गते मङ्गलवार

सरेको सर्यै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित ।



कर्णाली, चैत २९

कर्णाली प्रदेशमा जेठ ३ गतेदेखि १० गतेसम्म आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने भएको छ। प्रतियोगिता स्थगित गर्ने निर्णय शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेपा) बोर्डको बैठकबाट भएको हो।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता हाललाई नहुने स्पष्ट पारेका छन्। उनले तयारीको अवस्था, पूर्वाधारको स्थिति तथा अन्य प्राविधिक कारणहरूले प्रतियोगिता तोकिएको मितिमा गर्न नसकिने बताए।

राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता स्थगन हुनु खेलाडी, प्रशिक्षक र आयोजक सबैका लागि निराशाजनक भएको खेल क्षेत्रका विज्ञहरूले बताएका छन्। प्रतियोगिता कहिले हुने भन्नेबारेमा भने आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि प्रतियोगिता सर्ने चर्चा भइरहेका बेला राखेपा बोर्डले अन्तिम निर्णयका लागि बैठक बोलाएको थियो। अब नयाँ मिति र स्थानको टुंगो चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार