२०८३ बैशाख २२ गते मङ्गलवार

भारतको दमदार जित: अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश।



एजेन्सी- दुबई इन्टरनेशनल स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। २६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ११ बल अगावै खेल आफ्नो पक्षमा पार्‍यो। विराट कोहलीको ८४ रनको उत्कृष्ट पारी, श्रेयस अय्यरको ४५ रनको योगदान र केएल राहुलको अविजित ४२ रनको मद्दतले भारतलाई जिततर्फ डोर्‍यायो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमै समेटियो। कप्तान स्टेभ स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ६१ रनको योगदान दिए। भारतका लागि मोहम्मद सामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २/२ विकेट झारे।

भारत अब फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार