२०८२ फाल्गुन २४ गते आइतवार

नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा परेकी गंगा खड्का को हुन ?



कालिकोट । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा कालिकोटवाट गंगा (खड्का) वोगटी पर्नु भएको छ् । खस आर्य (महिला) कलस्टर अन्तरगत खड्कालाई उम्मेदवार बनाएको हो । २०३८ साल फागुन १३ गते कालिकोटको तत्कालीन मान्म गाविस (हालको खाँडाचक्र नगरपालिका–२) चौरमा जन्मिनुभएकी उहाँ जनमोर्चा कालदेखीनै राजनितिमा सक्रीय हुदै माओवादी जनयुद्ध शुरु भए पछि वैधानिक रुपमा पार्टीमा लाग्नु भएको थियो । खड्का २०५४ साल मा अखिल नेपाल महिला संगठनको मान्म गाउँ कमिटी अध्यक्ष, जनसुरक्षा दलको कमान्डर,२०५६ साल जेष्ठ ७ गते पुर्णकालिन कान्जिरुवा कलाकार, कालिकोट जुम्ला र मुगु जिल्लाको सदस्य साथै जनमिलीसिया कमान्डर, २०५६ सालमा पार्टी ए.सि.एम साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति जुम्ला तथा कालिकोटको अध्यक्ष हुदै पार्टीको उपक्षेत्रिय ब्युरो, क्षेत्रिय ब्युरो, प्रदेश समिति सदस्य हुदै हाल तत्कालीन नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति सदस्य हुनुहुन्थ्यो । त्यो वेलामा उहाँको पारिवारिक पृष्ठभूमि नै राजनीतिक थियो । दाजु कल खड्का त्यतिबेला तत्कालिन नेकपा माओवादीको नेतृत्व तहमै थिए । जनयुद्धमै कान्छो ससुरा भद्र बहादुर वोगटी र देवर निर्मराज वोगटी व्यपत्ता हुनु, लडाइँमा श्रीमान र एउटा देवर घाइते हुनु, आफ्नै आँखा अगाडि करीव एक दर्जन परिवार तथा आफन्त गुमाएको, संगै यात्रा गरेको सहयोद्धा सहिद भएको कुराले खड्कालाई पीडा त छ नै । तर, त्यही पीडाको पहाडमा उभिएर पार्टीले गरेको निर्णयले केही सन्तुष्टी दिएको छ । युद्धमै लडेर २०५७ उहाँका श्रीमान सरोज वोगटीको खुट्टामा गोली लाग्यो । वायाँ खुट्टामा युद्धको चिनो गोलीका ६ वटा टुक्राहरु अझै छन् । वास्तवमा उहाँ अहिले पनि घाइते शरिर लिएर राजनीतिमै सक्रिय हुनुहुन्छ । खड्का, भन्नुहुन्छ ‘राजनितीलाई मैले समाजसेवाको रुपमा लिएको छु, बाँचुन्जेल आफ्नै देशमा समाजसेवा गर्न सकुँ, गरिवमा भिजेका परेली पुछ्न सकुँ ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार