सुर्खेत — जन क्रान्तिका महान शहीद परिवार समाज नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेललाई ज्ञापनपत्र बुझाउँदै शहीद परिवारहरूको समस्या समाधानमा गम्भीर हुन आग्रह गरेको छ।
ज्ञापनपत्रमा शहीद तथा बेपत्ता योद्धा परिवारलाई सरकारको अभिभावकत्वमा राख्न, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न, छात्रवृत्तिको व्यवस्था गर्न र शहीद परिवारलाई परिचयपत्र उपलब्ध गराउन माग गरिएको छ।
साथै, शहीद स्मारक, पार्क र सालिक निर्माणका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्न प्रदेश सरकारलाई विशेष आग्रह गरिएको छ।
उक्त ज्ञापनपत्र जन क्रान्तिका महान शहीद परिवार समाज नेपाल, कर्णाली प्रदेश समितिका अध्यक्ष दिलमाया बुढामगर र सचिव मुमन शाहीले संयुक्त रूपमा मुख्यमन्त्री कडेललाई बुझाएका हुन्।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार









प्रतिक्रिया दिनुहोस्