कालिकोट, चैत २४ – कालिकोट जिल्लाको महावै गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको स्थायीत्व सुनिश्चित गर्न संघीय शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाइएको पत्रमार्फत गाउँपालिकाले हालसम्म नेपाल सरकारबाट संघीय शिक्षा ऐन जारी नहुनुका कारण विद्यालय व्यवस्थापनमा समस्या उत्पन्न भएको जनाएको छ। ऐनको अभावमा शिक्षक तथा कर्मचारीहरूको समायोजन प्रक्रिया अन्योलमा परेको र यसले विद्यालयको नियमित पठनपाठनमा समेत प्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ।
केन्द्रीय सरकारबाट सञ्चालित अनलाइन शिक्षक समायोजन प्रक्रियाले स्थानीय तहमा थप अन्योल सिर्जना गरेको भन्दै गाउँपालिकाले विद्यमान समस्याको शीघ्र समाधानको माग गरेको हो। साथै, विद्यालय निर्माण, शिक्षक भर्ना अभियान तथा शैक्षिक सत्र २०८२ को तयारी जस्ता कार्यहरू प्रभावित भएको भन्दै यसलाई समयमै व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहद्वारा हस्ताक्षरित पत्रमा शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च राख्न, उनीहरूलाई कार्यस्थलमै टिकाउन र शैक्षिक वातावरण सुदृढ बनाउन संघीय शिक्षा ऐनको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको









प्रतिक्रिया दिनुहोस्