कालिकोट-महावै गाउँपालिका द्वारा आयोजना गरिएको चौथो अध्यक्ष कप वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि Gen-Z समूह, महावै–२ ओदाले जितेको छ। चार दिनसम्म चलेको रोमाञ्चक प्रतियोगिताको फाइनल खेलमा खाडाचक्र नगरपालिका–६ दाहाँ र Gen-Z समूह आमनेसामने भएका थिए।
कडा प्रतिस्पर्धापछि Gen-Z समूहले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो। प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रभावशाली खेल प्रस्तुत गर्दै Gen-Z टोलीले फाइनलमा स्थान बनाएको थियो। उक्त फाइनल स्थान बनाउन Gen-Z समुहले एक सेट बाहिर दिएर सोझो तीन सेट जितेको थियो ।
फाइनल खेलमा मुख्य अम्पायर खेमराज गिरी र सहायक अम्पायर मदन शाह रहेका थिए। खेल मैदानमा दर्शकहरूको उत्साह र हौसला उल्लेखनीय थियो। चार दिनसम्म चलिएको यो प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको उत्साह र प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको आयोजकले बताएका छन्।









प्रतिक्रिया दिनुहोस्