कालिकोट, नरहरिनाथ —
नेपाल दलित मुक्ती मोर्चा कालिकोटको छैठौं जिल्ला भेला नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा सम्पन्न भएको छ। भेलाले सर्जन कामीलाई संयोजक र नरेन्द्र विकलाई सचिव चयन गर्दै ६५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
भेलामा नेपाल दलित मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष दलजित श्रीपाइली प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले दलित समुदायको मुक्तिका लागि संगठनको भूमिकालाई अझ मजबुत बनाउँदै गाउँगाउँसम्म अभियान विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रातो कामी र माओवादी केन्द्र कालिकोटका जिल्ला इन्चार्ज जीवन बुढा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले दलित समुदायको अधिकार, समानता र नेतृत्व विकासका लागि मोर्चाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप संघर्षशील बन्न आह्वान गर्नुभयो।
भेलाको अध्यक्षता निवर्तमान संयोजक रामबहादुर विकले गर्नुभएको थियो।
कार्यक्रममा जिल्लाका सबै पालिकाबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलाले संगठन विस्तार, दलित अधिकार सुनिश्चितता, शिक्षा, रोजगार, र सामाजिक विभेद विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै महिला, युवा र सीपयुक्त जनशक्तिको नेतृत्वमा विशेष जोड दिने भनिएको छ।









प्रतिक्रिया दिनुहोस्