कालिकोट, बैशाख ६,
नरहरिनाथ – कक्षा ६ मा अध्ययनरत ११ वर्षीय स्वस्तिका कठायतले १५ औं कालिकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५०० मिटर र ३००० मिटर दौडतर्फ दुबै विधामा प्रथम स्थान हासिल गर्दै गौरवपूर्ण सफलता प्राप्त गरेकी छन्।
प्रतियोगितामा नरहरिनाथ गाउँपालिकाबाट छनोट भई सहभागी भएकी स्वस्तिकाले न केवल आफ्नो दौड क्षमताको उत्कृष्ट परिचय दिइन्, तर अनुशासन र शिष्टतामा समेत आफुलाई प्रमाणित गर्दै खेलक्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेकी छन्।
उक्त प्रतियोगितामा उनको शानदार प्रदर्शनले विद्यालय, परिवार, गाउँपालिका र सम्पूर्ण जिल्लालाई गौरवान्वित बनाएको छ।
अब स्वस्तिकाले कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउँदै छन्। उनको निरन्तर मेहनत, समर्पण र आत्मविश्वासले प्रदेशस्तरीय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ।









प्रतिक्रिया दिनुहोस्