२०८३ बैशाख २२ गते मङ्गलवार

कालिकोटमा नेकपा एसको नयाँ नेतृत्व: चित्र सिंह गाउँले अध्यक्षमा सर्वसम्मत चयन।



कालिकोट — नेकपा (एकीकृत समाजवादी) कालिकोटले नयाँ नेतृत्व निर्माण गर्दै चित्र सिंह गाउँलेलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ। चैत ३० र ३१ गते सम्पन्न अधिवेशनबाट गाउँलेको अगुवाइमा ५३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत ढंगले घोषणा गरिएको हो।

उक्त अधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो, भने नेतृत्व चयन प्रक्रियामा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरीको सक्रिय भूमिका देखिएको थियो।

कमिटीमा उपाध्यक्षका रूपमा चन्द्रबहादुर शाही चयन भएका छन् भने सचिवको जिम्मा कृष्णकला पाण्डेलाई दिइएको छ। उपसचिव पदमा मनसिंह धामी, धीरबहादुर शाही र रत्न मल्ल तीनजना निर्वाचित भएका छन्।

त्यस्तै, प्रदेश (ख) संरचनामा पनि नयाँ नामहरू अगाडि आएका छन्। अध्यक्षमा राजेन्द्र बिष्ट, उपाध्यक्षमा महेन्द्र शाही, सचिवमा नवराज महतारा र उपसचिवमा कृष्ण न्यौपाने तथा भानू सुवेदी चयन भएका छन्।

सहमतिको धरातलमा टेकेर गरिएको यो नेतृत्व चयनलाई स्थानीय तहदेखि केन्द्रसम्म सकारात्मक रूपमा लिइएको छ। नयाँ नेतृत्वसँग जिल्लामा पार्टीको संगठनात्मक गतिशीलता अझ तीव्र हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार