चैत्र २७ — अछाम जिल्लाको जयगढमा हिजो साँझ भएको भीषण आगलागीमा परी २७ वटा घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय स्रोतका अनुसार आगलागी साँझ करिब ७ बजेतिर सुरु भएको थियो र नियन्त्रणमा आउन धेरै समय लागेको थियो।
आगलागीमा परेर स्थानीय बासिन्दाका पसल, भान्साघर, लत्ताकपडा, अन्नपात र अन्य सम्पत्तिहरू पूर्ण रूपमा नष्ट भएका छन्। आगोको कारण अझै यकिन भइसकेको छैन तर प्रारम्भिक अनुमान अनुसार करेन्ट सर्ट वा चुलोबाट सल्किएको आगो फैलिएको हुन सक्ने आशंका गरिएको छ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। घटनामा हालसम्म मानवीय क्षतिको विवरण आएको छैन, तर लाखौँको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।
घटनास्थलमा राहत तथा उद्धारका कार्यहरू सुरु गरिएको छ। प्रभावित परिवारलाई तत्काल राहतका सामग्री तथा अस्थायी बसोबासको व्यवस्था मिलाउने कार्य स्थानीय प्रशासनले सुरु गरिसकेको छ।
स्थानीय बासिन्दाले सरकार र सरोकारवाला निकायसँग दीर्घकालीन राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्