२०८३ बैशाख २५ गते शुक्रवार

कर्णाली कोरिडोर निर्माणमा १ अर्ब २७ करोड बजेट।



१५ चैत, बिहीबार – संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली कोरिडोर निर्माणमा १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहिवार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजना मानेर निर्माण कार्य तीव्र बनाइने जानकारी दिए।

हिल्सा (हुम्ला) देखि सुर्खेतसम्म फैलिने कर्णाली कोरिडोरले दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नेछ। यसले व्यापार, पर्यटन र जनजीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार