२०८३ बैशाख २२ गते मङ्गलवार

भोलि देखि सुरुहुने SEE परीक्षा मा कालिकोट बाट ४ हजार ७८ विद्यार्थी सहभागी हुने ।



कालिकोट, २०८१ – भोलि, चैत्र ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कालिकोट जिल्लाका ४ हजार ७८ विद्यार्थी सहभागी हुनेछन्। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, कालिकोटका प्रमुख लाल प्रसाद पोख्रेलका अनुसार, २५ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको एसईई परीक्षा साधारण र प्राविधिक धारका नियमित तथा ग्रेडवृद्धि गर्ने विद्यार्थीहरूको लागि आयोजित गरिएको छ। परीक्षा प्रारम्भमा विद्यार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिनेछन्, जुन बिहान ८:०० बजे देखि ११:०० बजे सम्म चल्ने छ।

परीक्षाका लागि सुरक्षा व्यवस्थापन कडा पारिनेछ र नकल नियन्त्रणमा विशेष निगरानी राखिनेछ। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न समन्वय समिति र स्थानीय प्रशासन तयारी अवस्थामा छन्।

विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा समयमै पुग्न अनुरोध गरिएको छ। कम्तीमा ३० मिनेट अगाडि केन्द्रमा उपस्थित हुनु पर्नेछ।

शिक्षा कार्यालयले सबै परीक्षार्थीलाई शुभकामना दिँदै, सन्तुलित र नियम पालन गर्दै परीक्षा दिन आग्रह गरेको छ। परीक्षामा सफलता प्राप्त गर्न विद्यार्थीहरूलाई धैर्य, परिश्रम र अनुशासनका साथ परीक्षा दिन प्रोत्साहित गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार