चैत्र २, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग फेरि दोहोर्याएका छन्।
शनिबार समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो विषय आफूले जनयुद्धकालदेखि नै उठाउँदै आएको बताए।
“दरबार हत्याकाण्ड हुँदा हामी सशस्त्र संघर्षमा थियौं। त्यतिबेलै निष्पक्ष छानबिनको माग गरेका थियौं। संविधानसभा पछि प्रधानमन्त्री बनेपछि पनि यो विषय उठाएँ,” उनले स्मरण गराए।
प्रचण्डका अनुसार समाजवादी मोर्चा वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न तयार छ। “समाजवाद उन्मुख गणतन्त्रलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्ने लक्ष्यसहित चारवटा दलहरू मिलेर मोर्चा बनाइएको हो,” उनले स्पष्ट पारे।
उनले लोकतान्त्रिक गणतन्त्रमाथि हुने कुनै पनि हमला सह्य नहुने भन्दै जनताको सार्वभौमसत्ता जोगाउन दृढ अडान राख्ने चेतावनी दिए। “यदि कसैले गणतन्त्रलाई खतरामा पार्न खोज्छ भने, हामी चुप लागेर बस्दैनौं,” प्रचण्डले भने।









प्रतिक्रिया दिनुहोस्