२०८२ फाल्गुन २३ गते शनिवार

प्रदिया फाउन्डेसनको विधिवत् उद्घाटन, महाबै–२ ओदामा शैक्षिक सेवा विस्तार



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कालीकोट — महाबै गाउँपालिका–२ ओदामा स्थापना गरिएको प्रदिया फाउन्डेसनले एक वर्षदेखि जारी तयारी सम्पन्न गर्दै आज एक समारोहकाबीच विधिवत् उद्घाटन गरेको छ। सामाजिक विकास, विशेषतः शिक्षा क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै फाउन्डेसनले कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि आधुनिक सुविधासहितको आधारभूत विद्यालय संचालनमा ल्याएको छ।

फाउन्डेसनद्वारा सञ्चालित नयाँ विद्यालयमा हाल १ सय २० विद्यार्थी अध्यनरत छन् भने ७ जना दक्ष तथा प्रशिक्षित शिक्षक नियुक्त गरिएको फाउन्डेसनले जानकारी दिएको छ। विद्यालयमा प्राविधिक–सहज शैक्षिक वातावरण, बालमैत्री कक्षा कोठा, पुस्तकालय, सिकाइ सामग्री तथा स्वच्छ खानेपानी जस्ता आवश्यक पूर्वाधारहरूलाई विशेष प्राथमिकताका साथ निर्माण गरिएको छ।

फाउन्डेसनका अध्यक्ष आइनक बहादुर सिंहका अनुसार ग्रामीण भेगमा शैक्षिक असमानता घटाउने, बालबालिकामा आधारभूत सिकाइ क्षमता मजबुत पार्ने र समुदायलाई शिक्षामा सहभागी गराउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो।

समुदायको माग र आवश्यकतालाई ध्यानमा राखेर करोडौँको लगानीमा निर्मित पूर्वाधारले स्थानीय बासिन्दाबीच उत्साह बढाएको छ। उद्घाटन समारोहमा सहभागी स्थानीयवासीले फाउन्डेसनले शिक्षा क्षेत्रमा देखाएको जिम्मेवारीपूर्ण पहलकदमीको प्रशंसा गर्दै यसले महाबै क्षेत्रको शैक्षिक भविष्यमाथि सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्। त्यसैगरी सहयोगी दाता तथा विदेशी सात जना पाहुनाहरुलाई सम्मान गरिएको थियोे ।

उद्घाटन कार्यक्रममा महाबै गाउँपालिकाले फाउन्डेसन तथा लगानीकर्ताहरूलाई सम्मान प्रदान गर्दै आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

स्थानीय तह, समुदाय र निजी क्षेत्रबीचको सहकार्यमा स्थापना भएको यस्तो शैक्षिक संस्थाले कालीकोटमा गुणस्तरीय, पहुँचयोग्य र स्थायी शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते शुक्रवार