कालिकोट, असार ५ — जनचेतना बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति निर्वाचन २०८३ सम्पन्न भएको छ। निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सम्पन्न भएपछि मतगणना गरी अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
निर्वाचनको अन्तिम नतिजाअनुसार अध्यक्ष पदमा हेमराज संज्याल २७८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ध्वजबहादुर शाही ले १६० मत प्राप्त गरेका छन्।
निर्वाचनमा कुल ३६३ मतदाता रहेकामा ३४० मत खसेको निर्वाचन अधिकृतले जनाएको छ। खसेका मतमध्ये २ मत बदर भएका छन् भने २३ मत खस्न सकेनन्।
निर्वाचनबाट हेमराज संज्यालको नेतृत्वमा नौ सदस्यीय क्याम्पस व्यवस्थापन समिति चयन भएको छ। निर्वाचित सदस्यहरूमा लालपुरा धामी थापा, देवनाथ योगी, अरुण कुमार शाही, सागर कुमार शाही, हिम्मत दर्जी, रमेश प्रसाद संज्याल, सत्यदेवी उपाध्याय र अय बहादुर बोगटी रहेका छन्।
नवनिर्वाचित समितिलाई क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।









प्रतिक्रिया दिनुहोस्